तिमि बिना

Friday, June 13, 2014

येा मन हुन्छ उदास ,तिमि बिना 
चल्दैन श्वास प्रश्वास ,तिमि बिना

यि फुलहरू बटुलेर ,के गरैाँ प्रिया 
अँह छर्दैनन्  सुबास, तिमि बिना 

त्येा  समुन्द्रमा , गएर  डुबे  पनि  
मेटिँदैन    मेरेा प्यास, तिमि  बिना 

 यादै  यादकेा,  गर्मिमा पनि  किन 
कत्ति   चल्दैन्  बतास , तिमि बिना 

येा मन हुन्छ उदास ,तिमि बिना 
चल्दैन श्वास प्रश्वास ,तिमि बिना
 

Most Reading

Sidebar One