तिमी गएउ भने

Thursday, July 9, 2015



सुटुक्क थाहा नपाई तिमी गएउ भने
मलाई एक्लो बनाई तिमी गएउ भने

सुभ बिबाह लेखेको निमंत्रणा पत्र
मेरो हातमा थमाई तिमी गएउ भने

यि आँखा अगाडी पराईको हातबाट
त्यो सिउँदो रंगाई तिमी गएउ भने

कति नै दिन बाँच्न सकुला र म
यो हृदय नै जलाई तिमी गएउ भने।।।।।।।।

प्रदेशि

Tuesday, July 7, 2015

कता कता नमिलेकेा जस्तेा
केहि भत्किए जस्तेा र कतै
बिग्रिएजस्तेा त्यसै त्यसै
अब्यबस्थित  लाग्छ  दुनिया ,
रङ्गहिन रहरका लहरहरू
मनमनै सलबलाइरहँदा
ति सपनाहरू कता कता
अश्लिल अनि अशेाभनिय
लाग्छन तिम्रेा अनुपस्थितिमा ,
तर पनि प्रतिक्षारत छन
तिम्रेा आकृतिलाइ अँगालेर
बधनमा गुटुमुटु पर्दै
प्रेमकेा बर्षात  गराउन
यि दुइ परेलिका ढकनहरू,
हाम्रेा  प्रेमका आँकुराहरू
चाहानालाइ मैानतामा बाँधि
बिषादियुक्त झारहरूकेा
बिचमा पनि हाँसिरहेका छन्
 खिस्स एक निर्भासित हाँसेा
तम्रै ति केामल हातहरूकेा
प्रतिक्षामा , हेा प्रदेशि
       तिम्रै प्रतिक्षामा ।।।।

एक प्रदेशि

Sunday, June 28, 2015

निधारमा टिका लगाउनु अघि
बिदाइका हात हल्लाउनु अघि
छिट्टै फर्कने बाचा गरेकेा थिए
आँखाबाट आँशु चुहाउनु अघि
धेरै सपनाकेा भ्रुण हत्या गरे
नयाँ सपनाहरू सजाउनु अघि
अचेल जिन्दगि सराबि लाग्छ
अचेत भइ हेास गुमाउनु अघि
तिमिले पनि त सेाच्नु पर्थ्येानि
येा किसुलाइ याद पठाउनु अघि

एक प्रेम

लुकेर दिल कसैकेा, चेार्दैमा हुन्न मायाँ
प्रेम पत्र एकेाहेारेा, केार्दैमा हुन्न मायाँ ।
दुइ मुटुकेा मिलन सँगै, बिश्वास हुन्न भने
पागल बनेर टाउकेा , फेार्दैमा हुन्न मायाँ ।
सँबेगलाइ बुझ्न अनि , ब्यक्त गर्न नसकेर
प्यालाका प्याला जहर , भेार्दैमा हुन्न मायाँ।
लुकेर दिल कसैकेा, चेार्दैमा हुन्न मायाँ
प्रेम पत्र एकेाहेारेा, केार्दैमा हुन्न मायाँ ।

घुम्टेा भित्र

आउँछ त्येा दिन पर्खिनु पर्छ
घुम्टेाभित्र तिमि सजिनु पर्छ
कत्ति नलजाउनु त्येा दिन मसँग
लगनगाँठेामा तिमि बाँधिनु पर्छ
सबैले घेरे पनि याद राख प्रिय
एक चेाटि त नजर ठेाकिनु पर्छ
                                                                                   
बैधानिक रूपमा तिमि मेरि हुन
त्येा सिउँदेा सिँदुरले रङ्गिनु पर्छ
आउँछ त्येा दिन पर्खिनु पर्छ
घुम्टेाभित्र तिमि सजिनु पर्छ

जुन नदेखाउ तारा नदेखाउ

त्येा जुन नदेखाउ तारा नदेखाउ
तारा भित्र दुनिया सारा नदेखाउ

एक्लै हिँड्ने बानि परिसकेकेा छ
भैगेा अब कुनै साहारा नदेखाउ
                                                                                                
    
त्येा यैाबनकेा प्यासि कत्ति छैन म
तप्प चुहिएका ति धारा नदेखाउ

अलि अलि मान्छे त मैले पनि चिन्छु
भेा भेा येा भन्दा धेरै पारा नदेखाउ

त्येा जुन नदेखाउ तारा नदेखाउ
तारा भित्र दुनिया सारा नदेखाउ

एक निर्भासित जिन्दगि।

खिस्स हाँसेको छ एक 
निर्भासित जिन्दगी 
तिम्रो सामिप्यतमा ।

पिठ्युमा पहाड़ बोकेर
तिम्रै मिठो सम्झनाको 
आँखामा सिंगो कर्णाली
बोकेर।
तर पनि भिजेको छैन
ओभानो छ राहादानी
किनकि यो जिन्दगी
बन्दगी छ प्रबासमा ।


नैरास्यता छ अनि सपनाहरु।
उदाङ्गा छन आँखाहरू
लड़बराइ रहेछन गोडाहरु
र पनि बाध्यता छ ।


किनकि म बेचिएको छु
मिठा सपनाहरुको लागि ।
र पनि खिस्स हाँसेको छ
तिम्रो एकै मुस्कानको लागि
एक निर्भासित जिन्दगी
तिम्रै सामिप्यातामा।।।।।।

कालि

तिमि खाली खाली ,अनलाइन आउदा
दाइले गर्लान गाली ,अनलाइन आउदा
तिम्रो इशारा ,बुझ्ने छु मैले पनि
मिस्कल गर कालि ,अनलाइन आउदा
कति बिजी भनेर ,नरिसाउ न जानू
बोल्नै पर्यो साली ,अनलाइन आउदा

अाकृति।।

फराकिलो क्यानभासभरि
भताभुङ्ग छरिएको
एउटा आकृति।
आँखा वरिपरि 
मादलको धुनमा
छम छमि नाचिरहने
एउटा आकृति।
सपनामा होस् या
बिपनिमा होस्
पल पल हरपल
माँ सँग सहबास
गरीरहने
एउटा आकृति।
न छून सकिन्छ
न देखन सकिन्छ
मस्तिष्कमा घोचिरहने
एउटा आकृति।
तिम्रो आकृति ।।।।।।।।

एउटा जिन्दगि

मस्तिष्कको सतहमा
पानीका फोका जस्तै
बुल बुल एउटा जिन्दगी
सोप्निल नयन बाट 
झुन्डिएर आत्म हत्या
गर्न लागिरहेको एउटा
जिन्दगी
मरुभूमिको सतह बाट
नांगो आकास तर्फ हेरी
चिच्चाई रहेको
एउटा जिन्दगी
लीग छोडेर फॉटै फाँट
अनियंत्रित गतिमा
गुडिरहेको रेल जस्तै
एउटा जिन्दगी
हो बेमौसमी फल जस्तै
आधा पाकेको आधा काँचो
बिग्रिएको एउटा जिन्दगी
तिमी बिनाको जिन्दगी।

उपहारकेा लागि

उसले दिएपछि मन उपहारकेा लागि
मइले दिए धड्कन उपहारकेा लागि
खै उनि बाट जतन भयेा कि भएन
फक्रिँदै थियेा यैाबन उपहारकेा लागि
                                                                                                          
थाहा नै नदिइ सुटुक्क चेारिछ उसले
येा जिन्दगिकेा बटन उपहारकेा लागि
येा जवानि कसैबाट लिलाम भएपछि
म खेाजिरहेछु बचपन उपहारकेा लागि
 

Most Reading

Sidebar One