आमा

Monday, April 28, 2014

म सम्झिरहन्छु बार बार आमालाइ 
मान्छु इश्वरकेा अबतार आमालाइ

कस्टले सन्तान पाएर हुर्काउँछिन 
अथा लाग्छ सन्तानकेा प्यार आमालाइ

प्रबासिएका सन्तान  घर नफर्कँदा
 कति लाग्छ हेाला दिकदार आमालाइ

स्वदेशमा हेास या त प्रबासमा हेास 
सम्झेकेा छ सिङ्गेा सँसार आमालाइ 

म सम्झिरहन्छु बार बार आमालाइ 
मान्छु इश्वरकेा अबतार आमालाइ

पिलाइदेउ प्रेमकेा, ओखति चाँडै

Saturday, April 26, 2014

त्येा रूपकेा पासेाभित्र, पारेउ कति चाँडै
कसरि चेारेउ प्रिय,  दिल येा यति चाँडै 

थाहा छैन तिमिलाइ, देखेपछि किन हेा 
भएकेा छ मेरेा, धड्कनकेा गति चाँडै 

अरे तिम्रेा प्रेमि यहाँ ,घायल भइसक्येा 
आउ पिलाइदेउ प्रेमकेा, ओखति चाँडै

तिमिले हुन्छ मात्रै भन, रङ्गाइ सिउँदेा
बनाउँछु तिमिलाइ आफ्नै, श्रिमति चाँडै

तिम्रेा मेरेा समिपमा ,खेल्छन रमाउँछन् 
जन्माउनु पर्छ दुइ तिन, सन्तति चाँडै 

डेरा हराए जस्तेा

Saturday, April 19, 2014

घर हराए जस्तेा, डेरा हराए जस्तेा 
येा सँसारमा सबै, मेरा हराए जस्तेा 

लाग्दैछ किन हेा  प्रिय, तिमि गएपछि 
एैना बाट आफ्नै, चेहेरा हराए जस्तेा

भाग्यमानि भन्थे सबै , आज किन हेा खै
भाकेा छु  निधारका,  घेरा हराए जस्तेा 

तिम्रेा प्यारमा जल्दाखेरि,  निभ्न सकिन 
लाग्दै छ  पानीकेा, पँधेरा हराए जस्तेा 

घर हराए जस्तेा, डेरा हराए जस्तेा 
येा सँसारमा सबै, मेरा हराए जस्तेा 

टुहुरा भएपछि

Saturday, April 12, 2014

जिउ पातला भएपछि  ,लुरा भएपछि 
समाजले पनि हेप्छ, टुहुरा भएपछि

साँच्चिकै के केा लागि ,चाहियेा र तरबार
 ति मान्छेहरूकेा बेालिमै, छुरा भएपछि 

त्येा बिचरिकेा पनि  ,सानैमा बिहे गर्दिए 
गाउँ तिर  लभ परेकेा, कुरा भएपछि 

 भन्दै थिइन आमा, किन जानु प्रबासमा
यहिँ फल्छ सुन्  बलिया ,पाखुरा भएपछि  

मान्छेहरू किन , सराब पिउँछन भन्थे 
थाहा भेा  बल्ल सपना ,अधुरा भएपछि 

कक्टेल छ जिन्दगि

Wednesday, April 9, 2014

सकि नसकि ठेला , ठेल छ जिन्दगि
हेा बुझि नसक्नुकेा, खेल छ जिन्दगि

कहिले सुक्का, मरूभुमि जस्तै छत
कहिले खहरेकेा, भेल छ जिन्दगि

जब बिशुद्र प्यार, पिलायैा तिमिले प्रिय
त्यहिँ  देखि  मेरेा ,कक्टेल छ जिन्दगि

खुल्ला  आकाश मुनि ,छु म तर पनि
यादकेा घेरा भित्रै ,पेल छ जिन्दगि

अरे भागि भागि ,नसताउन कालि
 तिम्रै सामिप्यमा ,ओझेल छ जिन्दगि

तिम्रेा पनि भाउ ,बढिराछ प्रिय

Sunday, April 6, 2014

तिम्रै तस्बिर मुटुमा, गा डिराछ प्रिय
याद बनि सम्झनामा, बल्झिराछ प्रिय

केहि गरेकै छैन, र पनि किन तिम्रेा 
नाककेा टुप्पेामा रिस, थुप्रिराछ प्रिय

म फकाउन खेाज्छु, तिमि मान्दै मान्दिनैा
लाग्छ तिम्रेा पनि भाउ ,बढिराछ प्रिय

 सरकार जस्तै भाछ, तिम्रेा मायाँ  पनि 
बिनाकारण छिनमै, बद्लिराछ प्रिय 

भागेर जुन      शहर,   पसेपनि   तिमि 
येा धड्कन् तिम्रै नाउँमा ,धड्किराछ प्रिय

तकदिर बलियेा भए

Wednesday, April 2, 2014

भाग्य बलियेा भए, तकदिर बलियेा भए 
पाहाड पनि फेाडिन्छ ;शरिर बलियेा भए

अरे तिम्रेा पनि कतै ,लभ पर्थ्येा हेाला कालि 
जुधाउँदा ति नजरकेा, तिर बलियेा भए

किन प्रदेशिनु पर्थ्येा र,  लाखैाँ युबा दिनहुँ
हेा  स्वदेशमै  एउटा, जागिर बलियेा भए

बढ्ने  थिएन , अपराध र   अपराधिहरू
हाम्रेा देशकेा कानुनि ,जन्जिर बलियेा भए

भाग्य बलियेा भए, तकदिर बलियेा भए 
पाहाड पनि फेाडिन्छ, शरिर बलियेा भए

 

Most Reading

Sidebar One