अजित छु आफ्नै , खप्पर देखि आज

Saturday, December 14, 2013

हैरान छु म येा , सफर देखि आज
बेचैन छु आँफ्नै , रहर देखि आज

पिउँछु येा   जहर ,   पिलाउन   केाहि
अजित छु आफ्नै , खप्पर देखि आज

बिन्ति  केाहि  प्यार, नदेखाउ मलाइ
भाग्दै छु प्यारकेा , बगर देखि आज

हर रात दिन  , शेाकमा  डुबेकेा  छु
आफ्नाले छेाडेकेा , खबर देखि आज

भुल  नगर्नु   प्रिय,    सम्झेर  मलाइ 
टाढा छु म तिम्रेा  , नजर देखि आज 


गजल यात्रा : पागल भन्छन् सबै

गजल यात्रा : पागल भन्छन् सबै

पागल भन्छन् सबै

हेा अन्जानैमा जानि , नजानि बेचेरे
उ पछुताएकि छ , जवानि  बेचेर

त्येा नारिलाइ हेर , सन्तानकेा लागि
सङ्घर्ष गरेकि छ , उ पानि  बेचेर

त्येा अपराधि पनि , अरूकेा नाउँमा
करेाडैाँ कमायेा ,  राहाधानि  बेचेर

सर्बहारा  बर्गका , नेता   महलमा
रमाए राष्ट्रकेा ,स्वाभिमानि बेचेर

पागल भन्छन् सबै ,उ प्यार खेाज्दै छ
भबिष्यकेा सुनैालेा , बिहानि बेचेर

भित्र भित्रै मन, पराएकेा छु

Tuesday, November 26, 2013

भित्र भित्रै मन, पराएकेा छु
तर पनि भन्न, डराएकेा छु

उसलाइ सम्झेरनै हेाला म
सपनिमा धेरै ,कराएकेा  छु

प्रेममा पागल ,बनेकि कतै
साँच्चै  आँफैभित्र, हराएकेा छु

साहासि हुन्छन ,भन्छन् प्रेमि
खै म त खुट्टा ,लड्बराएकेा छु

भित्र  भित्रै  मन ,पराएकेा छु
तर  पनि  भन्न, डराएकेा  छु

बिचलित हुन्छु दशैँ अनि , तिहार देखेर।

Sunday, October 20, 2013

बिचलित हुन्छु दशैँ अनि , तिहार देखेर।
प्रदेसमा आफ्नै आज खालि ,निधार देखेर।

गाउँ र घरकेा सम्झनाले, सताउँछ झनै
बाटेा बाटेामा खसिकेा ठूलेा, बजार देखेर। 

पाइन छुट्टि आमाले, आउ भन्थिन दशैँमा
धिकारे आँफैलाइ आमाकेा, पुकार देखेर।

पेाखिएका आकाङ्क्षाहरू, बाँधेरै भएपनि 
मन बुझाउनै पर्ने रे येा, सँसार देखेर ।

बिचलित हुन्छु दशैँ अनि , तिहार देखेर।
प्रदेसमा आफ्नै आज खालि, निधार देखेर ।

लार्भा छँदै गर्भमा, तुवायैा

Thursday, September 12, 2013

प्यारकेा भुमरिमा, फसायैा तिमिले
जेाडेर नाता आँफै, छुटायैा तिमिले


प्राण हैा भनि जवानि ,सुम्पेर आज

अर्कैसँग लगन , जुरायैा तिमिले


बाँच्थेहेाला तिम्रेा, मायाँमा सपना ति

लार्भा छँदै गर्भमा, तुवायैा तिमिले
 

तिम्रेा त्येा खुशिनै, मेरेा खुशि हेा तर

हजारैाँ यादहरू , पठायैा तिमिले
 

कहाँ गएर न्याय , माँगु म प्रियसि

सपनिमा मलाइ , सतायैा तिमिले

आर्थिक क्रान्तिकेा, परिणाम

Saturday, September 7, 2013

हत्या पछाडि हत्यारा , हतियार देखाउँछ
गिरफ्तार हुन्छ जब, सरकार देखाउँछ

पक्कै आर्थिक क्रान्तिकेा, परिणाम हुनुपर्छ

कानुन   लाइ चेतावनि , हजार देखाउँछ


मैान छ सरकार , पिडितलाइ हत्यारा   नै

धम्कि  दिँन्छ र   नेताकेा , दरबार देखाउँछ


बुध्द जन्मेकेा देशमा , बुध्दकै अनिकाल भेा

हत्या हिँशा  अत्याचारकेा , सँसार देखाउँछ 
 

शान्तिकेा अपेक्षा राख्दा , दुनिया साराले आज
   शान्तिकेा    नाउँमा  गलत, प्रचार देखाउँछ




 

मेरेा पनि रङ्गिन , सँसार हुनेछ ।

Monday, September 2, 2013

मेरेा पनि रङ्गिन , सँसार हुनेछ ।
तिम्रेा जस्तै सानेा, घरबार हुनेछ ।।

गर्नेछु कैद , फेाडि पहाड खुशिकेा
 मैानतामै बैरिकेा समहार  हुनेछ।।
...
तिमिमा लिप्त, दिलकेा येा केाठेरि
एकदिन कसैकेा , कारागार हुनेछ।।

सँबेगलाइ चित्रण, गरि लेख्दै तिम्रेा
किसु अब कसैकेा, गजलकार हुनेछ।।
 
मेरेा पनि रङ्गिन , सँसार हुनेछ ।
तिम्रेा जस्तै सानेा, घरबार हुनेछ ।।
 

पासपेार्टमा भिसा

Friday, August 23, 2013

झेालामा पासपेार्ट , बेाकेर हिँडेकेा छ उ

पासपेार्टमा भिसा , ठेाकेर हिँडेकेा छ उ

भेाक लाग्दा आमाले , पकाएका तिनै

भट्ट र अनि मकै , टेाकेर हिँडेकेा छ उ


बिदाइ हुँदा आफन्तकेा , सामु बगेका ति

आँसु ढिका आँखामा, रेाकेर हिँडेकेा छ उ
 

सपना हजारैाँ बुन्दै , त्येा बिदेसि भुमिमा

ति पसिनाकेा मुल्य , तेाकेर हिँडेकेा छ उ
 

सपना एउटा कथा बेग्लै, दर्दले हेाला

नपिउनेले पनि , धेाकेर हिँडेकेा छ उ

उ आउँछे सपनिमा , अनि जान्छे

Tuesday, August 20, 2013

आउँछे सपनिमा , अनि जान्छे

उ सताउँछे सपनिमा ,अनि जान्छे


बधनमा छुपाइ ,चुम्दै हातका औला

उ समाउँछे सपनिमा , अनि जान्छे


जुधाउँदै नयन , बिग्रेकेा बिछ्यैाना

उ मिलाउँछे सपनिमा , अनि जान्छे


सिरानिमा बास बसि , तानेर कपाल

उ जिस्काउँछे सपनिमा, अनि जान्छे


निर्बस्त्र आउँछे , अनि मेरेा लुगाहरू

उ लगाउँछे सपनिमा , अनि जान्छे

दाइने आँखा ,फर फरायेा बाबु

Thursday, August 15, 2013

दाइने आँखा ,फर फरायेा बाबु

आगनिमा ,काग करायेा बाबु

 

बिरामि भयैा कि, कतै प्रदेशमा

चुलेामा आगेा, भर भरायेा बाबु

 

सपना पनि ,डरलाग्देा देखियेा

त्रासले मुटुनै , थर थरायेा बाबु

 

तिम्रेा नाम लिँदै, सपनिमा हिजेा

दाइ भन्दै भाइनि, बर बरायेा बाबु

 

फेानमा तिम्रेा, बेालि सुन्दा बल्ल

आनन्दले मन येा, सर सरायेा बाबु

जवानिलाइ सहिद, बनाएर

Wednesday, August 7, 2013

हेर्दा  हेर्दै  डाँडा ,काट्यैा   तिमिले नै

पराइसँग   मुटु ,साट्यैा   तिमिले नै

बिचरा  सपना, नजरबन्दमा   राखि

दुनिया सारालाइ, ढाँट्यैा  तिमिले नै


जवानिलाइ सहिद, बनाएर घरि घरि

रित्तेा दिमाग मेरेा, चाट्यैा तिमिले नै

 

फुल्थे हेाला फुल झैँ ,आशाका किरण

असिना बनि आयैा, छाँट्यैा तिमिले नै

 

बाँच्थे हेाला चाहाना, तृष्णामै भएपनि

कठ्ठै  पासेाकेा  डेारि, बाट्यैा  तिमिले  नै

बरकेा रूख , लडेकेा देखे

Monday, July 29, 2013

 एक्लेा बरकेा रूख , लडेकेा देखे

पूरानेा  खरकेा  घर , डढेकेा देखे


कसैलाइ केहि , भयेा कि गाउँमा

बाउनहरूले पुराण , पढेकेा देखे


सपना त  केबल, सपना हेा तर

 उर्लिँदै मदि खेाला , बढेकेा देखे


पुकार्दै इश्वर, मान्छेकेा ताँतिहरू

पारिकेा भन्ज्याङ्ग , चढेकेा देखे

 
एक्लेा बरकेा रूख , लडेकेा देखे

पूरानेा  खरकेा  घर , डढेकेा देखे





 

मायाँ के हेा तिमि सँग

Tuesday, July 23, 2013

मायाँ के हेा तिमि सँग , लाएपछि थाहा भेा

जिउने मर्ने बाचा कसम, खाएपछि थाहा भेा

साँचि राखि बलेकेा आगेा, सजाइ घुम्टेामा

बेहुलि बनाइ घरमा भि त्र्याएपछि थाहा भेा


भुलेर काम सारा, अनि आफ्नेा भबिष्यलाइ

शितल दिँदै अँगालेामा सु ताएपछि थाहा भेा


दु ख सुख एक अर्कामा, बाँडिएपछि मायाँ

झन गाढा भेा छेारा छेारि, पाएपछि थाहा भेा

मायाँ के हेा तिमि सँग , लाएपछि थाहा भेा

जिउने मर्ने बाचा कसम, खाएपछि थाहा भेा

मलाइ पनि घेार्ले छेारा, पाउ पाउ लाग्येा

Thursday, July 18, 2013

किन किन समिपमा तिम्रेा, आउँ आउँ लाग्छ

रसिला ति गालामा किस, खाउँ खाउँ  लाग्छ


 

बन्द गरि आँखाहरू, कैद गर्छेउ जब मलाइ

भुलेर येा दुनिया तिमिमै, रमाउँ रमाउँ  लाग्छ

 

यत्र तत्र छरिएका तिम्रा, इच्छाहरू ग्रहण गर्दै

तिम्रै ति नजरमा नजर, जुधाउँ जुधाउँ लाग्छ

 

चिरचिर पसिना निकालि, पिडामा हुन्छेउ जब

मान्दैन येा मन अँगालेामै ,लडाउँ लडाउँ लाग्छ

 

साथि भाइ सँघि सबैका, सन्तानले घर भरिँदा

साँच्चै मलाइ पनि घेार्ले छेारा, पाउ पाउ  लाग्छ


 

 

भरिएकेा जवानिले उ मात्तिएर गइ

Sunday, July 7, 2013

अर्कैसँग अँगालेामा बाँधिएर गइ

केबल याद मुटुमा घात दिएर गइ


नमेटिँदा प्यासि उर्लिएका चाहाना

भरिएकेा जवानिले उ मात्तिएर गइ
 

बादल झै मठारिँदै मेरेा जिबनबाट

सेति खेाला सरि भास्सिएर गइ


छेाडिन बाँकि कुनै छानि छानि मेरा

तेाडेर सपना सारा खुसि लिएर गइ
 

भरिएकेा जवानिले उ मात्तिएर गइ

अर्कैसँग   अँगालेामा   बाँधिएर गइ

पानिका बुँदझै

Friday, July 5, 2013

कहिले खेाला, वारि राखेउ
कहिले खेाला ,पारि राखेउ


बुझि नबुझि , मायाँकेा किन
सागर    सँगै , तारि  राखेउ


बाँधेर मन ,मैानतामा फेरि
 
गहभरि आँसु , झारि राखेउ


पानिका बुँदझै, टलपलाएका
चाहाना आँफैमा , मारि राखेउ


छल्दै बाटाहरू , किसुकेा लागि
दिलकेा  ढेाका ,उघारि  राखेउ

 


 
 

भाग्यलाइ जुवामा , नारेर प्रदेशिए

Sunday, June 30, 2013

मिर्मिरेमा पाइतेा , सारेर प्रदेशिए

भाग्यलाइ जुवामा , नारेर प्रदेशिए


ढेाग्दै मा र बालाइ , मागेर बिदाइ

अश्रुधारा गालामा , झारेर प्रदेशिए


देखेर दर्दनाक , देशकेा परिस्थिति
आसाहरू आँफैमा , मारेर प्रदेशिए


छेाड्नु पर्दा एक्लै , मेरि प्रियसिलाइ

हेरेर   मुटु  गाँठेा , पारेर   प्रदेसिए


मिर्मिरेमा पाइतेा , सारेर प्रदेशिए

भाग्यलाइ जुवामा , नारेर प्रदेशिए

 




 

नेपालमा बन्द के केा लागि

Wednesday, June 19, 2013

फेाडेर सरकारि साधन , बन्द के केा लागि

तेाडेर नियम र कानुन , बन्द के केा लागि

कैद गरि जनताका , इच्छा अनि आकाँङक्षा

गेाडेर केापिलामै फेरि ,बन्द् के केा लागि


केबल आफ्नेा स्वार्थ , पूर्ति गर्नकेा लागि

जेाडेर दुनिया सारलाइ , बन्द के केा लागि


सक्छैा भने बन्द गर , हत्या हिँशा आतङ्क

मेाडेर शान्तिकेा बाटेा , बन्द के केा लागि


फेाडेर सरकारि साधन , बन्द के केा लागि

तेाडेर नियम र कानुन , बन्द के केा लागि

 




 

हारेउ तिमिले नै

Sunday, June 16, 2013

पिरतिकेा दुनियामा, पारेउ तिमिले नै

मनकेा डेरा अन्तत ,सारेउ तिमिले नै

 


पँछिसरि उडेर ,चन्द्रमा छुने बाहानामा

चढाइ धुरि बलेनिमा, झारेउ तिमिले नै


तरङ्रगित बनाएर , मनका चाहानाहरू

केापिलामै निमेाठेर , मारेउ तिमिले नै
 

भत्किएका पुलहरू, देखाइ समुन्द्रका

छालसँग मलाइ एक्लै , तारेउ तिमिले नै
 

इज्जतकेा कुनै प्रबाहा , नगरि अस्मिता
लुटाएर आँफैमा आज , हारेउ तिमिले नै

दश धारा दुधले प्यास

Thursday, June 13, 2013


my mother

 
दश धारा दुधले प्यास मेटाउने यिनै मेरि मा
 ताते ताते गरि पाइला टेकाउने यिनै मेरि मा


 कहिले काखमा त कहिले पिठ्यूँमा बेाकेर
A B C D र क ख रा लेखाउने यिनै मेरि मा

 
 भेाक भेाकै काम गरि दुइ चार रूपैयाँ जेागाएर
मेरेा उज्जवल भबिश्य देखाउने यिनै मेरि मा

हजारैा कष्ट सहि हाम्रेा निम्ति हर दिन रात
दु ख छिपाइ हामिलाइ हसाँउने यिनै मेरि मा
 
दश धारा दुधले प्यास मेटाउने यिनै मेरि मा
ताते ताते गरि पाइला टेकाउने यिनै मेरि मा

गुलाबि फूल लिएर आउँथेउ

Wednesday, June 12, 2013

भेट्नलाइ गुलाबि ,फूल लिएर आउँथेउ

दुइटा मुटु जेाड्ने , पूल लिएर आउँथेउ

 

थकित जिन्दगि , तिर्खाएकेा बेलामा

शितल दिने चिसेा, मुल लिएर आउँथेउ

 

कहाँ छैा के गर्दै छैाँ , सँगै हुँदा पहिले

आसानमा मनकेा सुकुल लिएर आउँथेउ

 

छैाडि गयैा केबल याद , सम्झना छ अझै

नजिकिन कुनै नयाँ , भूल लिएर आउँथेउ

 

भेट्नलाइ गुलाबि ,फूल लिएर आउँथेउ

दुइटा मुटु जेाड्ने , पूल लिएर आउँथेउ


 

 

 

धेरै पढि ठूलेा मान्छे

Tuesday, June 11, 2013

धेरै पढि ठूलेा मान्छे , हुन्छु भन्थे अधुरेा भेा
पंक्षि सरि उडेर जुन, छुन्छु भन्थे अधुरेा भेा


 
आउनु रहिछ प्रदेशमा ,  रूनु रहिछ धर धरि
सपनाकेा नैालेा संसार, बुन्छु भन्थे अधुरेा भेा

पराइ भयेा येा दुनिया ,हराइ गयेा मायाँ पनि
सर्गममा  मायाँकेा धुन, सुन्छु भन्थे अधुरेा भेा

पलाएका हाँसेा खुशि मायाँका ति क्षणाहरूलाइ
कैद गरि मुटुकेा कुनामा, थुन्छु भन्थे अधुरेा भेा

मायाँ मारि गइछन उनि, बेग हानि पराइसँग
सँगै हाँस्छु अनि सँगै  , रून्छु भन्थे अधुरेा भेा

के यहि हेा गणतन्त्र?

Monday, June 3, 2013

हत्या हिँसा र अत्यचार , के यहि हेा गणतन्त्र?

काटा काट र   मारा  मार , के यहि हेा गणतन्त्र ?


शान्ति ल्याउँछैा भन्दै ति युबाहरूकेा हातमा

नाङ्गेा खुकुरि र तरबार , के यहि हेा गणतन्त्र ?


महिला मुक्तिकेा लागि, लड्छैाँ भन्ने टुलुटुलु

हेर्छन् नारिकै बलत्कार , के यहि हेा गणतन्त्र?


जेा छन् भेाका जेा छन् नाँङ्गा, जसकैा छैन पैाँच

लुटिन्छन यिनै लगातार , के यहि हेा गणतन्त्र?


पसिना बगाइ श्रम गरि, खाने सारा नेपालिलाइ

बन्द र हड्तालकेा उपहार , के यहि हेा गणतन्त्र?

 
 

समयले जवानि येा लुटेपछि

Tuesday, May 28, 2013

धैर्यताका बाँधहरू फुटेपछि बन्छ गजल

नयनबाट अश्रुधारा छुटेपछि बन्छ गजल


जिन्दगिलाइ नजिकबाट बुझ्न नपाउँदै

समयले जवानि येा लुटेपछि बन्छ गजल


मायाँ अनि ममतामाकेा छहारि भत्काएर

अनायसै अटुट नाता टुटेपछि बन्छ गजल


हार नमानि सँङघर्षमा बढेका खुट्टा तान्न
हतारिँदै आफन्तनै जुटेपछि बन्छ गजल


धैर्यताका बाँधहरू फुटेपछि बन्छ गजल

नयनबाट अश्रुधारा छुटेपछि बन्छ गजल
 

सन्त्रास छ गाउँमा आज।

Sunday, May 26, 2013

केबल बृद्रा र   बच्चाकेा, बास छ गाउँमा आज ।
रित्तेा अनि अभाबकेा ,आभास छ गाउँमा आज।
 
बेरेाजगारले  आक्रान्त  भइ , युबाहर  प्रदेसिँदा
चलिरहेकेा बेमैासमि, बतास छ गाउँमा आज ।
 
सपनाकेा  महल  खेाज्दै, कतिे  गए  खाडितिर
अलपत्रमा एता आमाकेा, लास छ गाउँमा आज।
 
प्रदेशमा  मरेका  अनि , मारिएका  खबर  सुन्दा
कस्लाइ के भयेा भन्ने,  सन्त्रास छ गाउँमा आज।
 
फर्कैाँ स्वदेश बिडम्बनाकेा , गर्नु पर्छ बिनाश अब
दर्दमा गुज्रेकेा केबल बाँकि, श्वास छ गाउँमा आज ।

भबिष्य नै च्याँखे था पेर नआउ प्रदेश ।

Wednesday, May 22, 2013

घर बारि बन्धक रा खेर नआउ प्रदेश ।

भबिष्य नै च्याँखे था पेर नआउ प्रदेश ।


हजारैाँ छन बाटाहरू खेाज्नु धैर्यतामा

जिन्दगिदेखि आँफै हा रेर नआउ प्रदेश ।


बेसाहारा बनाइ बुढा, माता र पितालाइ

ढेाग गर्दै आशिर्बाद मा गेर नआउ प्रदेश ।


मेाज मस्तिकेा सेाच अनि रूखमा पैसा

टुपुटुपु टिप्ने सपना पा लेर नआउ प्रदेश ।


पँन्छि सरि खुल्ला , आकाशमा उडेकेा त्येा

मनलाइ कुनै परिधिमा बाँ धेर नआउ प्रदेश ।

कालि छ चिन्तामा।

Monday, May 20, 2013

केापिलामै झर्येा फूल ,डालि छ चिन्तामा ।

त्यहि फूल बेचि बाँच्ने, मालि छ चिन्तामा।


रिण तिरि परिबारलाइ ,पाल्छु भन्ने सेाचमा

परदेसियेा काले आज, कालि छ चिन्तामा। 

आँगनिमा पन्चे बाजा, घन्काउँदै डेालिमा

दिदि गइन भिनाजुसँग, शालि छ चिन्तामा ।


सत्ताकै स्वार्थमा ढुलमुलिँदा, नेताहरू हाम्रा

हिजेा आज लेाकतन्त्रकै, बहालि छ चिन्तामा।


केापिलामै झर्येा फूल ,डालि छ चिन्तामा ।

परदेसियेा काले आज, कालि छ चिन्तामा।

 

 

किस नगर भनेकै हुँ

Thursday, May 16, 2013

तिमिलाइ मायाँ गर्दिन म , मिस नगर भनेकै हुँ

जुठेा लाग्ला ओठमा तिम्रेा , किस नगर भनेकै हुँ


जिउन देउ मलाइ मेरै , प्रियसिकेा अँगालेामा

फेान गरेर सँधै मलाइ , ठिस नगर भनेकै हुँ


पस्चतापमा जल्दै अब, दुइ नम्बरि धन्दा सरि

मायाँलाइ हेालसेलमा ,सर्भिस नगर भनेकै हुँ


तिमिले पनि पाउँछैा यार, मायाँ गर्ने जबानहरू

लेखेकेा पाइन्छ देखेर हुन्न , रिस नगर भनेकै हुँ


तिमिलाइ मायाँ गर्दिन म , मिस नगर भनेकै हुँ

जुठेा लाग्ला ओठमा तिम्रेा , किस नगर भनेकै हुँ

मर्छु भनि ढाँट्यैा

Wednesday, May 15, 2013

तिम्रेा हातकेा सिँदुर शिरमा भर्छु भनि ढाँट्यैा  
तिमि सँगै जिउँछु नत्र मर्छु भनि  ढाँट्यैा
 

तिमिलाइ सुम्पे जिवन मेरेा तिमि बिना अधुरेा छु

तिमि बिना फूल झैँ ओइलि झर्छु भनि ढाँट्यैा
 

एक पल पनि टाढा हुन नदिनु है कहिल्यै पनि

तिम्रै निम्ति प्रितकेा वासना छर्छु भनि ढाँट्यैा
 
फर्कि आउ है छिट्टै तिमि कुरि बस्छु चैातारिमा

केबल तिमि सँगै बिहे गर्छु भनि भनि ढाँट्यैा
 

तिम्रेा हातकेा सिँदुर शिरमा भर्छु भनि ढाँट्यैा

तिमि बिना फूल झैँ ओइलि झर्छु भनि ढाँट्यैा
 

बच्चा, जन्माउने हजार छन

Tuesday, May 14, 2013

अझै पनि मायाँमा धेाका, पाउने हजार छन

फेरि त्यहि धेाके मायाँ, लाउने हजार छन


रैाद्र रसले भरिएका, गितहरू पागलसरि

भैातारिँदै चेाक चेाकमा, गाउने हजार छन


केाहिले अर्पण केाहिले ,समर्पण गर्दै मायाँमा

दिलकेा छानेा उहि चेाटले, छाउने हजार छन


देख्न र सुन्न पाइन्छ ,मायाँमा कामुकताले
आफ्नै घरमा आगेा ,सल्काउने हजार छन


मायाँ गर्नेहरूकेा दिल, स्वार्थले कुरूप हुँदा

अबैध् रूपमा बच्चा, जन्माउने हजार छन

पढाएर ठूलेा मान्छे

Friday, May 10, 2013

जसरि भएपनि धेरै, पढाउँछु भन्थे बा
पढाएर ठूलेा मान्छे, बनाउँछु भन्थे बा

तिमिले कमाउन, थालेपछि चुहिने येा
खरकेा छानेा टिनले, छाउँछु भन्थे बा

बैरिहरूकेा सामु सँधै, पारेर ठाडेा शिर
इज्जत र प्रतिष्ठा, जेागाउँछु भन्थे बा

एउटै छेारेा मेरेा तिमि, आशाकेा धरेाहर

 फूल जसरि दिलमा, सजाउँछु भन्थे बा

के गर्नु र म बुढेाले, ल्यायैा भने बुहारि
नातिलाइ काखमा, खेलाउँछु भन्थे बा

 

आमाकेा आशिर्बाद

Thursday, May 9, 2013

सँधै आफ्नेा स्वाभिमान ,इमान इज्जतमा  

नलागाउनु खिया बाबु, भन्दै थिइन् आमा


केा आफ्नेा हेा केा पराइ , चिन्न सक्नु पर्छ

स्वार्थि छ दुनिया बाबु , भन्दै थिइन आमा


आशिर्बाद छ मेरेा , पार्नुहुन्न असफलतामा

मुटुलाइ छिया छिया बाबु , भन्दै थिइन आमा


राम्रेासँग बस तिमि , पारि गाउँका श्यामेसित

पठाइदिउँला भुजिया बाबु, भन्दै थिइन आमा


सँधै आफ्नेा स्वाभिमान ,इमान इज्जतमा

नलागाउनु खिया बाबु, भन्दै थिइन् आमा

नारिमा महान, तिमि नै हैा आमा

Wednesday, May 8, 2013

प्राण प्यारि मेरेा ज्यान, तिमि नै हैा आमा
मेरेा लागि भन्नु सान, तिमि नै हैा आमा


जन्माएर ताते ताते, हुर्कायैा अनि पढायैा
मान इज्जत सम्मान , तिमि नै हैा आमा

म पुज्छु तिमिलाइ, हर साँझ हर बिहान
आशिर्बाद दिने भगवान, तिमि नै हैा आमा

छेापेर ति दर्द सारा , सन्ततिलाइ हँसाउने
साँच्चिकै नारिमा महान, तिमि नै हैा आमा

मइले पुज्ने भगवान , तिमि नै हैा आमा
साँच्चिकै नारिमा महान, तिमि नै हैा आमा

 

 

 


हाँसेर नजाउ प्रिय

Tuesday, May 7, 2013

मायाँकेा फूल केापिलामै, नासेर नजाउ प्रिय
सम्बन्ध येा दुइ मुटुकेा , मासेर नजाउ प्रिय

धन दैालमा झिनेा , राखेर आशा तिमिले 

अरूकै तस्बिर दिलमा ,टाँसेर नजाउ प्रिय

छैन भने बिश्वास मेरेा , झिकेर लैजाउ मुटु
तर कसैसँग नैालेा नाता ,गाँसेर नजाउ प्रिय

चेाखेा प्रितकेा बेदनालाइ , गित बनाइ तिमि
छम छमि नाच्दै गाउँदै , हाँसेर नजाउ प्रिय
 
मायाँकेा फूल केापिलामै, नासेर नजाउ प्रिय
सम्बन्ध येा दुइ मुटुकेा , मासेर नजाउ प्रिय

सिँङ्गेा देशलाइ च्याँखे थापि

Saturday, April 20, 2013

बाटेा छैन बिजुलि छैन अन्धकार कहिलेसम्म?

सुनकेा भाउ झैँ महँगिएकेा बजार कहिलेसम्म??


गणातन्त्र ल्यायैा भन्दै भाषण गर्छैा तिमिहरूले,

झाँङ्गिएकेा येा हत्या हिँशा काटमार कहिलेसम्म??


शिक्षा उस्तै स्वास्थ्य उस्तै राजनितिकेा खेलमा ,

लाखैाँ लाख युबाहरूलाइ बेरेाजगार कहिलेसम्म??


सिँङ्गेा देशलाइ च्याँखे थापि अर्थतन्त्र रित्ताएर ,

सहमति सहमति भन्दै बालुवाटार कहिलेसम्म??


बाटेा छैन बिजुलि छैन अन्धकार कहिलेसम्म??

सुनकेा भाउ झैँ महँगिएकेा बजार कहिलेसम्म??

बनेन् बाँध आँशुका

Tuesday, April 16, 2013

मायाँमा आगेा दनदनि, दन्काएर गयैा

अस्तु ठानि मायाँलाइ, पन्छाएर गयैा।



तिमि बिना एक पल, बाँच्दिन म भन्थेउ

तर सिउँदेा सिन्दुरले, रङ्गाएर गयैा।
 

घरमा नदिए भागैाँलानि, भन्दै अर्कैसँग

आँगनिमा पन्चेबाजा, बजाएर गयैा ।


कागजकेा टुक्रासरि, फ्याँकिए जब म

तब आशाका खम्बाहरू, ढलाएर गयैा ।


बनेन् बाँध आँशुका, परेलिहरू जब तिमि

धड्किरहेका मुटुकेा दुरि, बढाएर गयैा ।

बर्ष फेरिएनि घरकेा, चुहिने छानेा उहि हुनेछ,

Friday, April 5, 2013

बर्ष फेरिएनि घरकेा, चुहिने छानेा उहि हुनेछ,

शालै भरि जेातिएनि ,आखिर मानेा उहि हुनेछ ।। 
 
जसले गर्छ स्ममान , ठुलाबडा भलाद्मिहरूकेा ,

उनिहरूकै नजरमा , अछुत सानेा उहि हुनेछ ।।

निर्देाश छ तर पनि , लाँखैा पिडाहरू सहेर ,

निर्दहिले थिचाउने , केबल अचानेा उहि हुनेछ ।।


गणातन्त्र ओस या , लेाकतन्त्र नेपालमा ,

भ्रर्ष्टचारिनै पानिमाथिकेा , ओभानेा उहि हुनेछ।।


बिम्बित प्रतिबिम्बित यि, घटनाहरू चित्रणा गर्दै,

आफ्नेा लागि भने गजल ,केार्ने पानेा उहि हुनेछ।।

 

नजरकेा परिचय

Thursday, April 4, 2013

 नजर देखि नजरकेा परिचय थियेा उनमा

बेालिमा पनि सँगितकेा लय थियेा उनमा ,




बढाउँदै पाइलाहरू समिपमा हुन्थिन् जब

काम्थे ओठहरू हलका भय थियेा उनमा ,


जगतै अलैाकिक लाग्थ्येा उनकेा अँगालेमा

किनकि चेाखेा मायाँ गर्ने हृदय थियेा उनमा,


नजर देखि नजरकेा परिचय थियेा  उनमा

बेालिमा पनि सँगितकेा लय थियेा उनमा ,

खुट्टाकेा जुत्ता शिरमा राखेर आउँछ उ

Tuesday, April 2, 2013

एक जँड्याहाकेा सिरमतिकेा बेदना


सधैँ साँझमा नशाले मातेर आउँछ उ

 खुट्टाकेा जुत्ता शिरमा राखेर आउँछ उ


टेाल भरिका कुकुरसँग झगडा गर्दै उ

स्याँ स्याँ गर्दै घरमा थाकेर आउँछ उ


बिहान लगाएका कपडा ति हरका

आधा जति बाटैमा फालेर आउँछ उ


बिहे पछि सँगै साथमा रहुँला भन्यात

दुङ् दुङ्ति जँड्याहा गनाएर आउँछ उ

लजाएर नाइ भनि गइ उ

Monday, April 1, 2013

नजारमा नजर जुधाइ हाइ भनि गइ उ

कति राम्रेा सर्ट पाइन्ट टाइ भनि गइ उ
 

दिलकेा कुरा गर्नु छ बसैाँन एकान्तमा

भन्ने बित्तिकै लजाएर नाइ भनि गइ उ


मायाँमा तृष्णा पलाउनु स्वभाबिक हेा

भेालि भेटैाँला आजलाइ बाइ भनि गइ उ  
 
प्रेम पत्रले गेाजि भरि गइ भेट्न उनलाइ

तर लास्टामा त आफ्नै दाइ भनि गइ उ

टिका सम्झे आमा

Friday, March 22, 2013

हिँड्ने बेला लगाइदिएकेा टिका सम्झे आमा
खसेका तिम्रा आँशुका ढिका सम्झे आमा

गाउँ बेशि खालि गेाडा खाकि छैाकि भेाकै
नाङ्लामा केलाएका कनिका सम्झे आमा

खुशि बाँड्थेउ सबै आउँदा तिहारमा बहिनिले
उनेका माला तिनै मखमलिका सम्झे आमा

नकाट्नु दुख कत्ति पठाइदिन्छु भाकेा पैसा
अझैपनि तिखा बचन ति बैरिका सम्झे आमा

परेलिका बाँधहरू भत्काएर बहँदा आँशुधारा
आफ्नेा जिबन आँफैमा धेरै फिका सम्झे आमा

जन्मभुमिकेा माटेा सम्झे

Tuesday, March 19, 2013

प्राणा प्यारेा जन्मभुमिकेा माटेा सम्झे आज 
छाँगा छहरा गाउँघरकेा बाटेा सम्झे आज
 

कुहिएकेा खिम्चिसँग निस्तेा भात खानुपर्दा
आमाले पकाएकेा त्यहि आटेा सम्झे आज

सँङ्घर्षकेा भुमरिमा नुहाउनुपर्दा पसिनाले
रमाइलेा त्येा बालापनकेा पाटेा सम्झे आज

प्राणा प्यारेा जन्मभुमिकेा माटेा सम्झे आज
छाँगा छहरा गाउँघरकेा बाटेा सम्झे आज



अँगालेामा राखेर चुप छे

Wednesday, March 13, 2013

फेरि एकान्तमा , डाकेर चुप छे उ।
पछ्यैारिले मुख , ढाकेर चुप छे उ।

मैानतामा छन , बातहरू दुबैका
कस्दै अँगालेामा, राखेर चुप छे उ।

पानिका गुँद झैँ, टल्पलाएका चाहा
सकिन पेाख्न , थाकेर चुप छे उ ।

फेरि एकान्तमा , डाकेर चुप छे उ
पछ्यैारिले मुख
, ढाकेर चुप छे उ। 

बिछेाडकेा प्रहरमा भैातारिए

Friday, March 8, 2013

धन कमाउने लहरमा भैातारिए
आज बिरानेा शहरमा भैातारिए

बुन्दै अनैाठा सपनाहरू हजारैा
गन्दै औंलाहरू रहरमा भैातारिए

बर्षिएका याद सम्झि दिन रात
टिनकेा येा कन्टेनरमा भैातारिए

देाबाटेामा छाडेपछि केाहि केाहिले
त्यहि बिछेाडकेा प्रहरमा भैातारिए


धन कमाउने लहरमा भैातारिए
आज बिरानेा शहरमा भैातारिए
 
 

नत्र जिन्दगि

Friday, March 1, 2013

फर्क तिमि नत्र जिन्दगि ढल्दै हुनेछ
आँसुकेा तलाउमा खिएर गल्दै हुनेछ

फुलेकेा मायाँ केापिलामै नमास्नु फेरि
अँध्यारेा सँगै धिपि धिपि बल्दै हुनेछ
 बिष पिलाउ स्विकार्छु तर नछेाड फेरि
अन्तिम श्वास ढुकढुकिमा चल्दै हुनेछ

सम्झिनेछउ मलाइ पछुताउनेछउ तिमि
जुन बेला ज्यान चितामा जल्दै हुनेछ


फर्क तिमि नत्र जिन्दगि ढल्दै हुनेछ
आँसुकेा तलाउमा खिएर गल्दै हुनेछ

दिलमा ताला ठेाकेर

Thursday, February 28, 2013

दिलमा ताला ठेाकेर जाउ बरू
झिटि र झाम्टेा बेाकेर जाउ बरू

तर येा शहर देखि टाढा नजाउ
दिलकेा नगर देखि टाढा नजाउ

बेचैन् रातहरू दिएर जाउ बरू
अदृश्य घातहरू दिएर जाउ बरू

तर मेरा नजर देखि टाढा नजाउ
बि तिष्णा जहर देखि टाढा नजाउ

तर येा शहर देखि टाढा नजाउ
दिलकेा नगर देखि टाढा नजाउ

स्पर्शमा रात

Thursday, February 21, 2013

तिम्रेा स्पर्शमा रात, ढल्दै थिए कुनै दिन
मैानताका बाँधहरू, गल्दै थिए कुनै दिन

जब छैाएउ तिमिले, हातकेा नशा नशामा
चाहानाका तरङ्ग, चल्दै थिए कुनै दिन

अन्तर्मुखि हामि ,ब्यक्त गर्न सकिन्नथ्येा
मन भने भित्र भित्रै ,जल्दै थिए कुनै दिन

डराइ रून्थेउ तिमि, फकाउन मैन बत्तिका
टुक्राहरू धिप्प धिप्प ,बल्दै थिए कुनै दिन

तिम्रेा स्पर्शमा रात, ढल्दै थिए कुनै दिन
मैानताका बाँधहरू
, गल्दै थिए कुनै दिन

पागल प्रिय

Tuesday, February 19, 2013

औँसिकेा रातमा जुन खेाज्ने।
एकान्तमा मिठेा धुन खेाज्ने।
म तिम्रेा नजरमा पागल प्रिय

मरूभुमिमा गइ पानि खेाज्नु।
हजारैाँकेा भिडमा रानि खेाज्नु।
म तिम्रेा शहरमा पागल प्रिय

अन्धकार जिबनमा रात खेाज्नु।
दुध पिइ शराबकेा मात खेाज्नु।
मै हुँ तिम्रेा बदरमा पागल प्रिय

पागलहरूकेा लहरमा पागल प्रिय
म तिम्रेा शहरमा पागल प्रिय

नुनकै भाउ देख्दैन सरकार

Saturday, February 16, 2013

सत्तामा टेकेपछि आफ्नै पाउ देख्दैन सरकार
सुनकेा के कुरा नुनकै भाउ देख्दैन सरकार,

सत्ता भत्ता र लत्ता ढुकेर बसेका शिकारि कठ्ठै
नाङ्गा अनि भेकाहरूकेा गाउँ देख्दैन् सरकार,

कतिकेा हात छैन् त यहाँ कतिकेा खुट्टा छैन
आन्देालनका घाइतेकेा घाउ देख्दैन सरकार ,

कतिकेा सिउँदेा पुछायेा कतिलाइ टुहुरेा बनायेा
बेपत्ता अझै
आमा अनि बाउ देख्दैन सरकार,
सत्तामा टेकेपछि आफ्नै पाउ देख्दैन सरकार सुनकेा के कुरा नुनकै भाउ देख्दैन सरकार,

अड्कियेा जिन्दगि

पिएकेा थेारै भुलाउन याद खासमा यहि थियेा
तिम्रै माया ढुकढुकि भर शासमा यहि थियेा ,

न त सक्छु छाति चिरि निकालेर फ्यांक्नलाइ
जलनमा तड्पि बांच्नु फेरि आशमा यहि थियेा,

नजिस्काउ तिमि पागल प्रेमि बनाइ मलाइ
अड्कियेा जिन्दगि तिम्रै पासमा यहि थियेा,

आशाहरू निराशामा बदलिएर गएपछि
पिए थेारै जिन्दगि भेा ह्रासमा यहि थियेा,

प्रेम पत्र हजार

तप्प तप्प आँसु दाना झारेर नबस कालि
प्रेम पत्र हजार पाना सारेर नबस कालि

चाहानाले भरिएका जबानिका घाउहरू
बल्झाएर अलपत्रमा पारेर नबस कालि

रङ्गाउनु सिँउदेा रङ्गाउनु जिन्दगिनै
मनकेा चैन् निराशामा मारेर नबस कालि

जित तिम्रै हेा कालि जित्नेछैा दुनिया सारा
भाग्यलाइनै देाषि ठानि हारेर नबस कालि


तप्प तप्प आँसु दाना झारेर नबस कालि
प्रेम पत्र हजार पाना सारेर नबस कालि

प्रेम दिबश

Thursday, February 14, 2013

प्रेम दिबश आज हाम फालि आउ है सपनिमा
मैानताका बाँधहरू  ति ढालि आउ है सपनिमा

पर्खिरहेछु हातमा रातेा गुलाबकेा फूल लिएर
त्येा रातेा सारि काँधैमा हालि आउ है सपनिमा

सजाएर राखेकेा छु तिम्रेा लागि येा सानेा केाठा
चम्किलेा मुहारकेा दिप बालि आउ है सपनिमा

बिपनिमा टाढा भएपनि थमाउन यि चाहानाहरू
एकैछिनलाइ भएपनि कालि आउ है सपनिमा


प्रेम दिबश आज हाम फालि आउ है सपनिमा
मैानताका बाँधहरू  ति ढालि आउ है सपनिमा

बाध्यता हेा

Thursday, February 7, 2013

मात्रि भुमि छाडि समुन्द्द काट्नु बाध्यता हेा
पसिनासँग रूपियाँ पैसा साट्नु बाध्यता हेा

पल पल मरि मरि सामना गर्दै जिन्दगिका
रहरहरू एक एक गरि छाँट्नु बाध्यता हेा

घेरिएपछि बिबशता र अन्येालताकेा घेराभित्र
घुँडा टेकि धर्तिकेा धुलेा चाट्नु बाध्यता हेा

मात्रि भुमि छाडि समुन्द्द काट्नु बाध्यता हेा
पसिनासँग रूपियाँ पैसा साट्नु बाध्यता हेा


मात्रि भुमि छाडि समुन्द्द काट्नु बाध्यता हेा
पसिनासँग रूपियाँ पैसा साट्नु बाध्यता हेा

मायाँ लाएर हारे

तिमि सँग मायाँ लाएर हारे
नखानु कसम खाएर हारे

पढ्ने बेला क्याम्पस छाडेर
तिमि सँगै डेटिङ धाएर हारे

मिलनका छाल भन्दा पहिले
बिछेाडका छालहरू पाएर हारे

मेरेा खुशिनै तिम्रेा खुशि ठानि
हँसाउन तिमिलाइ चाहेर हारे

तिम्रेा खुशि देख्न रेाधनकेा
नमिठेा गित बनाइ गाएर हारे

कालि रिसाउंछे

गर्दै गर्दैनैा फेान भन्छे कालि रिसाउंछे
म्यासेज गर्छे नानाभाति खालि रिसाउंछे

काममा बिजि सेाच्ने फर्सद छैन् आंफूलाइ
मिस्कल गर्दैन् भिना भन्छे शालि रिसाउंछे

अन्तै नाता गांसे पनि फेान गरेर घरि घरि
किन धेाका दियैा भन्छे स्याइजालि रिसाउंछे

ढल्क्येा मेरेा जबानि पेाखियेा यैाबनकेा रस
घरजाम गरैा फर्क भन्छे दिलवालि रिसाउंछे


गर्दै गर्दैनैा फेान भन्छे कालि रिसाउंछे
म्यासेज गर्छे नानाभाति खालि रिसाउंछे

जुधायैा फेरि आँखाहरू

जुधायैा फेरि आँखाहरू , हेरू कसरि म
लजायैा फेरि अँगालेामा , बेरू कसरि म

कमाउदै ओठहरू , समिपमा भयैा जब
जगाइदियैा पापि मन, फेरू कसरि म

झकझकाउँदै घरि घरि , नाइ भनि फेरि
बढायैा चाहा उन्मातमा , टेरू कसरि म

जुधायैा फेरि आँखाहरू , हेरू कसरि म

लजायैा फेरि अँगालेामा , बेरू कसरि म


  

झेाकमा छन धेरै

नैराश्यतामा जिउदै शेाकमा छन धेरै
दिनहुँ पसिना बगाइ भेाकमा छन धेरै

कति गर्छैा भ्रष्टचार खेाक्रेा भ्रममा पारि
बेरेाजगारले युबाहरू चेाकमा छन धेरै

कतिले खाए झापड पालेा अब अरूकेा
किनकि प्रतिशेाधले झेाकमा छन धेरै


नैराश्यतामा जिउदै शेाकमा छन धेरै
दिनहुँ पसिना बगाइ भेाकमा छन धेरै
 

छरिएका अन्तरङ्गह

Wednesday, February 6, 2013

मिस्कल हेास् या फेान, हानिराख है कालि
मेरै प्राण हेा कालु भनि ,ठानिराख है कालि

पग्लिएला मन कतै, बिबाहित जेाडि देख्ता
छरिएका अन्तरङ्गह, तानिराख है कालि

चलेकेा छ धड्कन केबल, तिम्रै मायाँले यहाँ
बन्द हेाला श्वाश भनि ,जानिराख है कालि

फर्कँदै छु नेपाल छिट्टै, बिहे गर्नलाइ तिमिसँग
रातेा सारि अनि चुरापेाते ,छानिराख है कालि


मिस्कल हेास् या फेान, हानिराख है कालि
मेरै प्राण हेा कालु भनि ,ठानिराख है कालि
  
 

कहिले बालुवाटार

Monday, February 4, 2013

कहिले बालुवाटार ,छ येा सरकार
कहिले सिँहदरबार ,छ येा सरकार

नेपालि नेपालि जुधाएर तमासा हेरि
उहि सत्तामै लम्पसार ,छ येा सरकार

नारा एउटा गर्छ ब्यबहार भने अरू
हाम्रेा निम्ति बेकार ,छ येा सरकार

जनताकेा भाबना बुझ्नु किन फेरि
कुर्चि तान्नमै हतार, छ येा सरकार

कहिले बालुवाटार छ ,येा सरकार
कहिले सिँहदरबार छ ,येा सरकार

बैशालु जवानि बिषाएर गयैा

Sunday, February 3, 2013

जुधाइ नजर फेरि रिसाएर गयैा
बैशालु जवानि बिषाएर गयैा

पग्लेकेा मन पग्लेकेा जवानि
बुझिनउ र मेरेा चिसाएर गयैा

उथलपुथल बनाइ मनका जहर
राखेउ ढिकिमा पिसाएर गयैा

बाहाना हजार भुलाउनकेा लागि
तिनपानेमा याद मिसाएर गयैा

उत्ताउलिले

Saturday, February 2, 2013

पिउँदिन भेा भन्दा फेरि भरि उत्ताउलिले
नशामा झन नशालु बात गरि उत्ताउलिले

कालि भनि के बेालाथेँ भरिएकेा जवानि
छताछुल्ल पेाख्छेकि झैँ गरि उत्ताउलिले

कुरा मात्र कहाँ हेार धेरै पटक मुस्कुराउँदै
रहस्यहरू लुकाइ इशाराले तरि उत्ताउलिले

मनि जवान एक् इशारा के गरेकेा थिए
म छु घरकि छाडन भनि मरि उत्ताउलिले

कालि रिसाउंछे

गर्दै गर्दैनैा फेान भन्छे कालि रिसाउंछे
म्यासेज गर्छे नानाभाति खालि रिसाउंछे

काममा बिजि सेाच्ने फर्सद छैन् आंफूलाइ
मिस्कल गर्दैन् भिना भन्छे शालि रिसाउंछे

अन्तै नाता गांसे पनि फेान गरेर घरि घरि
किन धेाका दियैा भन्छे स्याइजालि रिसाउंछे

ढल्क्येा मेरेा जबानि पेाखियेा यैाबनकेा रस
घरजाम गरैा फर्क भन्छे दिलवालि रिसाउंछे

रहरले चुम्यैा कि करले चुम्यैा कालि
नजरले चुम्यैा कि डरले चुम्यैा कालि
भिजाइ जिउ पसिनाले मायाँमा बिक्षिप्त
जहरले चुम्यैा कि कदरले चुम्यैा कालि
भत्काइ बाँध बन्धनकेा भरेर चाहानाहरू
अधरले चुम्यैा कि ठहरले चुम्यैा कालि
घायल मायामा कि बैशालु उन्मातकेा
लहरले चुम्यैा कि डरले चुम्यैा कालि
 

Most Reading

Sidebar One