हिँड्ने बेला लगाइदिएकेा टिका सम्झे आमा
खसेका तिम्रा आँशुका ढिका सम्झे आमा
गाउँ बेशि खालि गेाडा खाकि छैाकि भेाकै
नाङ्लामा केलाएका कनिका सम्झे आमा
खुशि बाँड्थेउ सबै आउँदा तिहारमा बहिनिले
उनेका माला तिनै मखमलिका सम्झे आमा
नकाट्नु दुख कत्ति पठाइदिन्छु भाकेा पैसा
अझैपनि तिखा बचन ति बैरिका सम्झे आमा
परेलिका बाँधहरू भत्काएर बहँदा आँशुधारा
आफ्नेा जिबन आँफैमा धेरै फिका सम्झे आमा
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment