बनेन् बाँध आँशुका

Tuesday, April 16, 2013

मायाँमा आगेा दनदनि, दन्काएर गयैा

अस्तु ठानि मायाँलाइ, पन्छाएर गयैा।



तिमि बिना एक पल, बाँच्दिन म भन्थेउ

तर सिउँदेा सिन्दुरले, रङ्गाएर गयैा।
 

घरमा नदिए भागैाँलानि, भन्दै अर्कैसँग

आँगनिमा पन्चेबाजा, बजाएर गयैा ।


कागजकेा टुक्रासरि, फ्याँकिए जब म

तब आशाका खम्बाहरू, ढलाएर गयैा ।


बनेन् बाँध आँशुका, परेलिहरू जब तिमि

धड्किरहेका मुटुकेा दुरि, बढाएर गयैा ।

No comments:

Post a Comment

 

Most Reading

Sidebar One