प्रदेशि

Tuesday, July 7, 2015

कता कता नमिलेकेा जस्तेा
केहि भत्किए जस्तेा र कतै
बिग्रिएजस्तेा त्यसै त्यसै
अब्यबस्थित  लाग्छ  दुनिया ,
रङ्गहिन रहरका लहरहरू
मनमनै सलबलाइरहँदा
ति सपनाहरू कता कता
अश्लिल अनि अशेाभनिय
लाग्छन तिम्रेा अनुपस्थितिमा ,
तर पनि प्रतिक्षारत छन
तिम्रेा आकृतिलाइ अँगालेर
बधनमा गुटुमुटु पर्दै
प्रेमकेा बर्षात  गराउन
यि दुइ परेलिका ढकनहरू,
हाम्रेा  प्रेमका आँकुराहरू
चाहानालाइ मैानतामा बाँधि
बिषादियुक्त झारहरूकेा
बिचमा पनि हाँसिरहेका छन्
 खिस्स एक निर्भासित हाँसेा
तम्रै ति केामल हातहरूकेा
प्रतिक्षामा , हेा प्रदेशि
       तिम्रै प्रतिक्षामा ।।।।

No comments:

Post a Comment

 

Most Reading

Sidebar One