किन किन समिपमा तिम्रेा, आउँ आउँ लाग्छ
रसिला ति गालामा किस, खाउँ खाउँ लाग्छ
बन्द गरि आँखाहरू, कैद गर्छेउ जब मलाइ
भुलेर येा दुनिया तिमिमै, रमाउँ रमाउँ लाग्छ
यत्र तत्र छरिएका तिम्रा, इच्छाहरू ग्रहण गर्दै
तिम्रै ति नजरमा नजर, जुधाउँ जुधाउँ लाग्छ
चिरचिर पसिना निकालि, पिडामा हुन्छेउ जब
मान्दैन येा मन अँगालेामै ,लडाउँ लडाउँ लाग्छ
साथि भाइ सँघि सबैका, सन्तानले घर भरिँदा
साँच्चै मलाइ पनि घेार्ले छेारा, पाउ पाउ लाग्छ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment