बच्चा, जन्माउने हजार छन

Tuesday, May 14, 2013

अझै पनि मायाँमा धेाका, पाउने हजार छन

फेरि त्यहि धेाके मायाँ, लाउने हजार छन


रैाद्र रसले भरिएका, गितहरू पागलसरि

भैातारिँदै चेाक चेाकमा, गाउने हजार छन


केाहिले अर्पण केाहिले ,समर्पण गर्दै मायाँमा

दिलकेा छानेा उहि चेाटले, छाउने हजार छन


देख्न र सुन्न पाइन्छ ,मायाँमा कामुकताले
आफ्नै घरमा आगेा ,सल्काउने हजार छन


मायाँ गर्नेहरूकेा दिल, स्वार्थले कुरूप हुँदा

अबैध् रूपमा बच्चा, जन्माउने हजार छन

No comments:

Post a Comment

 

Most Reading

Sidebar One