सन्त्रास छ गाउँमा आज।

Sunday, May 26, 2013

केबल बृद्रा र   बच्चाकेा, बास छ गाउँमा आज ।
रित्तेा अनि अभाबकेा ,आभास छ गाउँमा आज।
 
बेरेाजगारले  आक्रान्त  भइ , युबाहर  प्रदेसिँदा
चलिरहेकेा बेमैासमि, बतास छ गाउँमा आज ।
 
सपनाकेा  महल  खेाज्दै, कतिे  गए  खाडितिर
अलपत्रमा एता आमाकेा, लास छ गाउँमा आज।
 
प्रदेशमा  मरेका  अनि , मारिएका  खबर  सुन्दा
कस्लाइ के भयेा भन्ने,  सन्त्रास छ गाउँमा आज।
 
फर्कैाँ स्वदेश बिडम्बनाकेा , गर्नु पर्छ बिनाश अब
दर्दमा गुज्रेकेा केबल बाँकि, श्वास छ गाउँमा आज ।

No comments:

Post a Comment

 

Most Reading

Sidebar One