म सम्झिरहन्छु बार बार आमालाइ
मान्छु इश्वरकेा अबतार आमालाइ
कस्टले सन्तान पाएर हुर्काउँछिन
अथा लाग्छ सन्तानकेा प्यार आमालाइ
प्रबासिएका सन्तान घर नफर्कँदा
कति लाग्छ हेाला दिकदार आमालाइ
स्वदेशमा हेास या त प्रबासमा हेास
सम्झेकेा छ सिङ्गेा सँसार आमालाइ
म सम्झिरहन्छु बार बार आमालाइ
मान्छु इश्वरकेा अबतार आमालाइ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment