तिम्रै तस्बिर मुटुमा, गा डिराछ प्रिय
याद बनि सम्झनामा, बल्झिराछ प्रिय
केहि गरेकै छैन, र पनि किन तिम्रेा
नाककेा टुप्पेामा रिस, थुप्रिराछ प्रिय
म फकाउन खेाज्छु, तिमि मान्दै मान्दिनैा
लाग्छ तिम्रेा पनि भाउ ,बढिराछ प्रिय
सरकार जस्तै भाछ, तिम्रेा मायाँ पनि
बिनाकारण छिनमै, बद्लिराछ प्रिय
भागेर जुन शहर, पसेपनि तिमि
येा धड्कन् तिम्रै नाउँमा ,धड्किराछ प्रिय
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment