निदाए सरकार उठाउनु पर्छ

Monday, March 10, 2014

आबाजमा आबाज जुटाउनु पर्छ 
हेा बेला बेलामा घच्घचाउनु पर्छ

दुधे बालका जसरि  मस्त केाक्रेामा
निदाए   सरकार  उठाउनु  पर्छ  

अपराध  आपराधिलाइ  छुट हैन 
जेलकेा कठ्घरामा उभ्याउनु पर्छ

साँच्चिकै शान्ति फर्काउने नै हेा भने 
देशमा   सँबिधान  बनाउनु  पर्छ

 बच्चाहरूकेा हातमा बन्दुक हेाइन्
भाग्य   लेख्ने कलम थमाउनु पर्छ

No comments:

Post a Comment

 

Most Reading

Sidebar One